शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिको सात सदस्यीय हेडक्वार्टरमा के-को  गठन ?

शनिबार, ०२ असार २०७५, ०९ : ४५
शनिबार, ०२ असार २०७५

काठमाडौं -नयाँ शक्ति पार्टी, नेपालको महाधिवेशन आयोजक समितिको बैठकले सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको बैठकले सात सदस्यीय कार्यालय टिम गठन गरेको हो ।

दैनिक कार्यसम्पादन सहज तुल्याउन पार्टी संयोजक डा.बाबुराम भट्टराई नेतृत्वको कार्यालय टिम निर्माण गरिएको छ ।

टिममा डा.बाबुराम भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह र हिसिला यमी छिन् । 

‘दैनिक कार्यसम्पादनका लागि कार्यालय टिम बनाइएको हो,ु पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डले भने, तर, यो कुनै नयाँ मर्यादाक्रम होइन, सबै कार्यालय सदस्यहरु महाधिवशेन आयोजक समितिका सदस्यहरु हुन् ।’

आगामी मंसिरमा महाधिवेशन घोषणा गरेको नयाँ शक्तिमा अहिले बहुपदीय प्रणालीमा गइसकेको छैन ।

यसअघि सहसंयोजकको व्यवस्था गरे पनि लुम्बिनी बैठकपछि उक्त व्यवस्था पनि हटाइसकिएकोले पार्टी संयोजकलाई दैनिक कार्यसम्पादनका लागि सहज होस् भनेर कार्यालय टिम बनाइएको पाण्डेले जानकारी दिए । 

यसैगरी बैठकले यसअघिको ‘अबको निकास, आर्थिक विकास’लाई परिमार्जन गरेर ‘अबको निकास, समावेशी विकास’ बनाएको छ ।

सहभागितामुलुक लोकतन्त्रमा विश्वास गर्ने नयाँ शक्तिले ५ ‘स’को अवधारणालाई अगाडि बढाएको छ ।

समुन्नत समाजवादलाई ध्येय बनाउँदै आएको पार्टीले पछाडि परेका वर्ग, जाति, क्षेत्र र लिंगलाई समृद्धिले विकासको मूल प्रवाहमा ल्याउनुपर्ने मान्यता अगाडि सार्दै आएको छ ।

बैठकले पार्टी प्रवक्ता प्रशान्त सिंहलाई सचिवालयमा थप गरेको छ ।

त्यसैगरी नेतृ दुर्गा सोबलाई आंगिक संगठनहरुको संयोजन गर्ने जिम्मा दिएको छ भने भक्तबहादुर शाहलाई उत्पादन तथा स्वरोजगार विभागको जिम्मा दिएको छ ।

हिसिला यमीलाई प्रवास प्रदेशबाट राष्ट्रिय मामिला संयन्त्रको संयोजकको जिम्मेवारी दिइएको र देवेन्द्र पराजुलीलाई प्रवास प्रदेशको जिम्मा दिएको छ ।

बैठकले किसान संगठनको फ्र्याक्सन ईञ्चार्जमा टिकाराम पौडेललाई जिम्मेवारी प्रदान गरेको छ भने महाधिवेशन आयोजक समितिमा नरहेका जिल्ला संयोजकहरुलाई पदेन आमन्त्रित सदस्यको रुपमा महाधिवेशन आयोजक समितिमा थप गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीका नेताहरु देवी ओझा र केशव दाहालले दिएको राजीनामा स्वीकृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप