कविताः ईश्वरसँग सेल्फी !
-लक्ष्मण सिटौला
मान्छेहरूको दुःख
चुपचापले हेरिरहनु
बलात्कारमा मृत्युवरणगर्न लागेकी
नाबालिकाको आँसुको बर्कान पुछ्न नसक्नु
कालोबजारियाकाचर्तीकलाको विरोध नगर्नु
घुस नखाइफाइलअगाडिनबडाउने
घुस्याहाकर्मचारीको कर्तुत सहेर बस्नु
पचास डिग्रीको तातोमाकामगर्ने पतिको अनुपस्थितमा
पतितहुने स्त्रीको नाटक हेरिरहनु
तिमी देवताचुपचापले बस्छौ !!
म नेताचुपचापले बसिरहेको छु
सिन्डिकेट र अराजकता
तस्करीसँगमिलेर चुनावखर्च उठाउनु मेरो चरित्र
चुनावजितेपछिमन्त्रीपदकालागि
पार्टी परित्यागदेखि श्रीमतीचढाउनसम्मतयार म
म जस्तोसँग के सेल्फीखिच्न मरिहत्ते गर्छौ हे देवता!!
मलाईपनितिमीले जस्तै
चुपचापले-
मान्छेकादुःख हेरिरहने शक्ति देउन बरु !!
एउटा सेल्फीढुङ्गासँग
एक सेल्फी देउतासँग
मढुङ्गा देउता
म देउता नेता
कुरा उस्तै हो ।
दुवै अराजक घुस्याहा र लम्पसार !!
पीडा देखेर पनिमौन बस्ने देउता
दुःख देखेर पनिचुपचापले बस्ने म नेता
कुरा उस्तैउस्तै हो
के सेल्फीलिन्छौ हे धर्तीकापुजारी हो मसँग!!