शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोमाथि स्पेनमा २ वर्षको जेल सजाय

शुक्रबार, ०१ असार २०७५, २२ : ५९
शुक्रबार, ०१ असार २०७५

रियल म्याड्रिडबाट खेल्दै आएका पोर्चुगिज खेलाडी क्रिष्ट्रियानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ ।  स्पेनिस अधिकारी र रोनाल्डोबीच दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिर्ने सहमति भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ ।

सहमति कार्यान्वयन भएमा रोनाल्डोले जेल जानुपर्ने संभावना कम हुनेछ । स्पेनिस कानून अनुसार कुनै व्यक्तिले २ वर्षभन्दा कम जेल सजाय हुने अपराध गरेको खण्डमा सुध्रने अवसर पाउँछ । तर, पहिलो पटक त्यस्तो अपराध गरेको खण्डमा मात्रै । 

३३ वर्षका रोनाल्डोमाथि १४ दशमलव ७ मिलयन युरो कर छलेको अभियोग छ । यद्यपी, उनका एजेन्टले यो अभियोग अस्विकार गर्दै आएका छन् । रोनाल्डोले आजै स्पेन विरुद्धको खेलमा पोर्चुगलको कप्तानी गर्दैछन् । 

रोनाल्डोको प्रतिनिधित्व गर्ने एजेन्सी गेस्टीफ्युटले यस विषयमा तत्काल कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । त्यस्तै स्पेनिस कर एजेन्सीले पनि प्रतिक्रिया दिन अस्विकार गरेको छ । स्पेनमा पछिल्लो समय स्टार फुटबलरहरु कर छलीको मुद्दामा मुछिएका छन् । यसअघि बार्सिलोनाका लियोनल मेसीमाथि सन् २०१७ मा २१ महिनाको जेल सजाय सुनाइएको थियो । उनले स्पेनिस कानून अनुसार जरिवाना तिरेकाले जेल जानुपरेन । सन् २००५ देखि २०१० सम्म स्पेनले विदेशी खेलाडीहरुलाई करका सवालमा संरक्षण दिदैं आएको थियो । तर, आर्थिक मन्दी बढ्न थालेपछि करमा कडाई हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप