बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिबाट अर्का ठूला नेता पनि अलग

शुक्रबार, ०१ असार २०७५, २१ : ०६
शुक्रबार, ०१ असार २०७५

काठमाडौं-नयाँशक्ति पार्टीका संस्थापकमध्ये एक केशव दाहालले उक्त पार्टीबाट राजीनामा गरेका छन् ।

उनी केन्द्रीय सचिवालय सदस्य थिए ।

आफ्नो राजीनामाबारे केशव दाहालले आफ्नो फेसबुक वालमा लेखेका छन् : नय शक्ति पार्टीको असार ०१ गते बसेको केन्द्रिय समितिको बैठकले मेरो राजिनामा स्वीकार गरेको छ । अतस: आजदेखि नयाँ शक्ति पार्टी बाट विधिवत रुपमा अलग भएको जानकारी गर्दछु । पार्टी स्थापना देखि निरन्तर रुपमा केन्द्रिय सचिवालय रहि काम गरियो । यो सहकार्यका लागि पार्टी संयोजक र सम्पुर्ण साथिहरुलाई धन्यवाद दिन चाहन्छु । बैकल्पिक , सफा र अझ सुन्दर राजनीतिको मेरो अभियान जारी रहने छ ।

दाहाल सामाजिक अभियानकर्ता पनि हुन्। लेखक दाहालको नेपाली राजनीतिको पुनर्गठन नामक पुस्तक प्रकाशित छ।

विभिन्न पत्र-पत्रिकामा उनका थुप्रै लेख तथा रचना प्रकाशित भइरहन्छन्। 

उनले संयोजक डा बाबुराम भट्टराईसँग मतभेद राख्दै आएका थिए। 

पार्टी स्थापनापछि धेरै नेताले नयाँ शक्ति छाड्दै गएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप