शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि ठोस कदम

शुक्रबार, ०१ असार २०७५, २१ : ०२
शुक्रबार, ०१ असार २०७५

काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताएका छन् । 

यहाँ आज मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले 
जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताए । 

सोही अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मगर समुदायका ऐतिहासिक –सांस्कृतिक चार्डपर्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । 

खानेपानीमन्त्री विना मगरले नेपालमा भएका हरेक परिवर्तनका आन्दोलनमा मगर समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताइन् । 

नेपाल मगर संघका अध्यक्ष नवीन रोक्काले आदिवासी जनजाति समुदायले मनाउँदै आएको चाडपर्वका अवसरमा दिइएको बिदालाई सरकारले कटौती गरेकामा गुनासो गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप