शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब राजासहित प्रजातन्त्रको एजेण्डालाई स्थापित गराउनुपर्छः थापा

शुक्रबार, ०१ असार २०७५, १९ : ३९
शुक्रबार, ०१ असार २०७५

ललितपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको आन्तरिक एकता सुदृढ र वैदेशिक हस्तक्षेप विरुद्ध संघर्ष गर्न पार्टीको एजेण्डा सान्दर्भिक रहेको बताएका छन् । आज पार्टीको ललितपुर जिल्ला स्तरीय कार्यकता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले गतवर्ष सम्पन्न तीनवटै तहको निर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोगेको भएपनि पार्टीले लिएको एजेण्डाको औचित्य र सान्दर्भिकता समाप्त नभएको धारणा राखे । उनले भने–  ‘वामपन्थी अधिनायकवाद बढेको बेला, संघीयता र गणतन्त्रान्त्रिक व्यवस्थामा जनताको जीवनस्तर उकास्न नसकेको समयमा अलग्ग धार बोकेको पार्टीको खाँचो छ । त्यो खाँचो राप्रपाले परिपूर्ति गर्नेछ ।’ 

राजसंस्थाको अन्तदेखि देशमा अस्थिरता बढिरहेको बताउँदै उनले पछिल्लो समय विदेशी हस्तक्षेप बढेर गएको समेत बताए । उनले भने, ‘अहिले आन्तरिक एकता कमजोर भएको छ, यस्तो बेला राजासहित प्रजातन्त्रको एजेण्डालाई स्थापित गराउनुपर्ने आवश्यकता बढेको छ ।’

सो अवसरमा पार्टीका महामन्त्री राजेन्द्र लिङदेलले चुनावमा भएको पराजयलाई समिक्षा गरेर उत्साहका साथ अघि बढ्न कार्यकताहरुलाई आहवान गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप