बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रिलायन्स लाईफ इन्स्योरेन्सको जीवन शान्ति बीमा योजना

शुक्रबार, ०१ असार २०७५, १८ : ००
शुक्रबार, ०१ असार २०७५

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लि.ले जीवन शान्ति बीमा योजना ल्याएको छ । न्युनतम १६ वर्षको उमेरदेखि गर्न सकिने यो बीमा योजना अन्तर्गत न्युनतम बीमा शुल्कमा भविस्यमा हुनसक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रधान गर्ने कम्पनीले जनाएको छ ।

यो योजनामा न्युन बीमा शुल्कले आश्रीतहरुको भविष्य सुरक्षा गर्ने भन्ने रहेको छ । साथै यस बीमामा अतिरिक्त सुविधाहरु पनि बिमितले लिन सक्ने कम्पनीले बताएको छ । 

साथै  रिलायन्स लाईफ इन्स्योरेन्स लि.द्वारा घातक रोग सम्बन्धि अतिरिक्त सुविधाहरु पनि सार्वजनिक गरेको छ । रिलायन्स लाईफ इन्स्योरेन्सले विभिन्न घातक रोगबाट हुन सकिने मानवीय हानी लाई मध्येनजर गरी यो सुविधा सार्वजनिक गरेको बताएको छ ।

चिकित्सकीय रुपमा घातक रोग प्रमाणित भएमा अधिकतम ५० लाखसम्म एकमुस्ट अतिरिक्त रकम प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ । अतिरिक्त सुविधा हरेक बीमा योजनासंग संयुक्त रुपमा लिन सकिनेछ । बिमित ले न्युनतम बीमा शुल्क तिरेर १८ वटा सम्म घातक रोग विरुद्ध यो सुबिधाको लाभ लिन सक्नेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप