बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ विश्वविद्यालयसँग सहकार्य गरेर अघि बढ्ने त्रिविको तयारी

शुक्रबार, ०१ असार २०७५, १७ : ५७
शुक्रबार, ०१ असार २०७५

काठमाडौं– त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले त्रिभुवन विश्वविद्यालयले चीनका विभिन्न विश्वविद्यालयहरुसँग सहकार्य गरेर अघि बढ्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका बीच भएको छलफलमा उपकुलपति खनियाले सो कुरा बताएका हुन् । यसअघि त्रिभुवन विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका विच त्रिभुवन विश्वविद्यालयमा कन्फुसियस इन्स्टिच्युट निर्माण गर्ने विषयमा सम्झौता भइसकेको छ ।  

कार्यक्रममा उपकुलपति खनियाले उच्च शिक्षामा देखापरेको अन्तर्राष्ट्रियकरणलाई आत्मसात गर्दै विश्वविद्यायको अध्ययन÷अध्यापनलाई विश्वव्यापी बनाउन अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रहरु स्थापना गर्ने विश्वविद्यालयको रणनीति रहेको बताए । त्रिवि गणतन्त्र चीनका विभिन्न विश्वविद्यालय, अध्ययन संस्थान एवम् अनुसन्धान केन्द्रहरुसँग सहकार्य गरेर उच्चशिक्षाको स्तरोन्तरी गर्न चाहिरेको अवगत गराए । 

उनले कन्फुसियस इन्स्टिच्युटले दुई देशको कला,संस्कृति विज्ञान एवं सभ्यताका विभिन्न आयामहरुका वारेमा अध्ययन अनुसन्धान हुने र द्धिदेशीय पारस्परिक हितका निमित्त ज्ञानको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेका थिए । 

कार्यक्रममा इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्रमुख प्रा.लिउ युस्याङ्गले महान दार्शनिक, चिन्तक एवम् प्राज्ञ कन्फुसियसको जीवन प्रणालीवाट मानवले अनेकौ ज्ञान आर्जन गर्न सक्ने र उनको जिवन प्रक्रियालाई अनुसरण गर्नसके जिवन सफल रहने बताए ।

उनले कन्फुसियस इन्स्टिच्युटले नेपालमा चिनियाँ भाषा, संस्कृति र सभ्यताको आदान प्रदान हुने, चिनियाँ विज्ञ र नेपालका विज्ञहरुबीचच निरन्तर सम्वन्धको विकास हुने अपेक्षा गरे । त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षामा गरेको नेतृत्वले आफुहरु थप उत्साहित रहेको र देशैभरी फैलिएरको यसप्रकारको उच्च शैक्षिक संस्थासँगको सम्वन्धले आफुहरु झनै आकर्षित भएको समेत बताए । 

कार्यक्रममा त्रिवि अन्तराष्ट्रिय सम्वन्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भूपप्रसाद धमलाले मित्रराष्ट चीनबाट त्रिवि भ्रमणमा रहेका इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्रमुख र उनको नेतृत्वमा उपस्थित चिनियाँ अतिथिहरुलाई स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप