बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेजले फुटबलप्रेमीहरुलाई रुस विश्वकपमा सामेल गराउँदै

शुक्रबार, ०१ असार २०७५, १७ : ४५
शुक्रबार, ०१ असार २०७५

काठमाडौँ । फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले फुटबलप्रेमीहरुलाई रुस विश्वकपमा सामेल गराउने योजना बनाएको छ । फिफा विश्वकप फुटबल रुस २०१८ को प्रारम्भको अवसरमा फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले प्रत्यक्ष अनुभव प्रदान गर्न फुटबल प्रशंसकहरुलाई रुस पुर्याउने भएको हो ।

फुटबल प्रारम्भको अवसरमा, कतार एयरवेज नेपालले कम्पनीको इतिहासमै पहिलो पटक यसरी समूहमा प्रशंसकहरुलाई विश्वकप आयोजन स्थलमा प्रत्यक्ष रुपमा सहभागी गराउने बताएको छ । कतार एयरवेजमार्फत ५०० भन्दा अधिक फुटबल प्रशंसकहरु यस पटक रुस पुग्ने पनि जनाएको छ ।

आफ्ना वितरकहरुलाई पुरस्कृत गरी एक अद्भूत अनुभव प्रदान गर्ने उद्देश्यले यस समूहको आयोजना गरिएको जावलाखेल डिस्टीलेरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप