शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल एम्बुलेन्स सर्भिस हट–लाइन सेवा सुरु, अब भाइबरबाटै लिन सकिन्छ एम्बुलेन्स सेवा

शुक्रबार, ०१ असार २०७५, १७ : ३२
शुक्रबार, ०१ असार २०७५

काठमाडौं । भाइबरले आकस्मिक सेवाका लागि नेपाल एम्बुलेन्स सर्भिस हट–लाइन सेवा सुचारु गरेको छ । देशमा तीव्र गतिमा विकसित भैरहेको इन्टरनेट र स्मार्टफोनहरुसँगैं अब नेपाल एम्बुलेन्स सर्भिस चौबिसै घण्टा सातै दिन भाइबर हट लाइन ९८०१११५१०२ मा जोडिएको छ ।

अब एम्बुलेन्स सेवा आवश्यक पर्ने हस्पिटलहरु वा विरामी जो कोहीले भाइबर नम्बर  ९८०१११५१०२ मा सिधै सम्पर्क गरेर यो सेवा लिन सक्नेछन् । एनएएसले हरेक एक रोगीका लागि सवारी साधन एवं उपचारप्रति आश्वस्त गराउन सुविधा सम्पन्न उपकरण र स्टाफहरुको साथमा एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।

एनएएसको सेवा लिन चाहनेले नेपाल टेलिकमको मोबाइल वा पिएसटिएन सेवा मार्फत् इमर्जेन्सी नम्बर १०२ मा कल गर्नु पर्ने व्यवस्था रहेको थियो । भाइबरका दक्षिणपूर्वी एशिया क्षेत्रमा व्यापार विस्तार एवं विकास प्रमुख अनुभव नइएरले नेपालमा भाइबर प्रयोग गरिरहेका ७० लाखभन्दा बढी प्रयोगकर्ताहरुमाझ आकस्मिक उपचार सेवाका लागि भाइबर हट लाइन जस्तो महत्वपूर्ण सेवा प्रस्तुत गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले सदैव नयाँ र नवीनतम् उपायहरुको माध्यमबाट स्थानीय समुदायहरुलाई साथ दिने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । भाइबरसँगको साझेदारीबाट भविष्यमा नेपालका नागरिकहरुको सेवामा सहयोग पुग्ने अन्य महत्वपूर्ण सेवाहरु उपलब्ध गराउन प्रयासरत रहने एनएएसले जनाएको छ ।                      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप