बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायिक फुल खेती गर्न नगरपालिकाको सहयोग

शुक्रबार, ०१ असार २०७५, १७ : १५
शुक्रबार, ०१ असार २०७५

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिकाले लामो समयदेखि फुलखेती गर्दै आएका किसानलाई व्यवसायीक बनाउन सहयोग गरेको छ ।  सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ गुण्डुका फुलखेती गर्ने किसानहरुलाई नगरपालिकाले फुलका विरुवा वितरण गरेको हो ।

शुक्रबार नगरप्रमुख बासुदेव थापाले किसानहरुलाई सयपत्री र मखमली फुलको विरुवा अनुदानमा वितरण गरे । उक्त वडामा विगत लामो समयदेखि धेरै किसानहरुले फुल खेती गर्दै आएका छन् ।  नगरपालिकाको २ लाख रुपैयाँ सहयोगमा वडाले फुल विरुवाको नर्सरी तयारी गरेको वडा अध्यक्ष रविन्द्र सापकोटाले बताए ।  सयपत्री र मखमली जातका करिब ३४ हजार फुलका विरुवा नर्सरीमा तयार भएको र ती विरुवा वडाका २ सय ७६ किसानलाई वितरण गरिएको सापकोटाले जानकारी दिए ।

फुलखेती गर्ने किसानहरु जग्गाको क्षेत्रफललाई आधार बनाएर एक किसानलाई न्युनतम ६० देखि अधिकतम ५ सय वटासम्म विरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।   विरुवा वितरणपछि अन्य प्राविधिक सहयोग नगरपालिकाले गर्ने र बजारमा एकिकृत रुपमा बिक्री गर्न कृषक समुहहरुलाई आग्रह गरिएको वडा अध्यक्ष सापकोटाले बताए ।  वडा नम्बर ७ गुण्डुको विभिन्न टोलमा लामो समयदेखि व्यवसायिक फुलखेतीबाट किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप