शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको आईएसडी सुविधा आफै लिन सकिने

शुक्रबार, ०१ असार २०७५, १७ : १५
शुक्रबार, ०१ असार २०७५

काठमाडौं । नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा असार ०१ गते देखिनै सञ्चालनमा आएकोे छ ।

आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि "0000" र सीडीएमए मोबाइलका लागि "1234"  डिफल्ट पिन नम्बर हुने छ ।  जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले #331*PIN# डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *331*PIN# डायल गर्नु पर्नेछ ।

आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#331# डायल गर्नु पर्नेछ । सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने टेलिकमले जनाएको छ । यसरी सो पिन नम्बर परिवर्तन गर्नका लागि **03*331*old_PIN*newPIN*newPIN#   डायल गर्नु पर्नेछ ।

साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81 डायल गर्नु पर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82 डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *820 डायल गर्नु पर्नेछ । जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा यो भन्दा पहिले पनि आईएसडी सुविधा लिन सकिने व्यवस्था थियो ।

त्यसका लागि कार्यालयमै सम्पर्क गर्नुपर्ने बाध्यता थियो अर अब आफ्नै मोबाइलबाट नम्बर डायल गरी सो सुविधा लिन सकिने टेलिकमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप