मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर ५ सरकारले ल्यायो २८ अर्ब ९ करोडको नयाँ बजेट

शुक्रबार, ०१ असार २०७५, १७ : ०३
शुक्रबार, ०१ असार २०७५

बुटवल– प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २८ अर्ब ९ करोड ३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशसभामा बजेट पेस गरेका हुन् । मुख्यमन्त्री पोख्रेलले पेस गरेको बजेटमा चालू खर्चतर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगततर्फ १६ अर्ब ६२ करोड, ४३ लाख ९८ हजार छुट्याइएको छ । 

प्रदेश सरकारले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका शीर्षकमा छुट्टा छुट्टै शीर्षकमा बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले बजेटको श्रोतलाई आन्तारिक राजश्व र संघीय सरकारबाट प्राप्त अनुदानलाई आधार मानेको छ । संघीय सरकारबाट वित्तीय अनुदानमार्फत ६ अर्ब ८६ करोड ९७ लाख र आन्तारिक राजश्वबाट ८ अर्ब ५५ करोड ३ लाख रुपैयाँ छुट्याएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप