सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अब बलियो हेडक्वाटर चाहियो : प्रचण्ड

शुक्रबार, ०१ असार २०७५, १६ : ५७
शुक्रबार, ०१ असार २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि बलियो हेडक्वाटरको चाहिएको बताएका छन् । 

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको संयुक्त विस्तारित बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट पार्टी सामुहिकतामा चल्ने भएकाले त्यसका लागि छुट्टाछुट्टै पार्टी र समूह आवश्यक नभएको भन्दै दुई पार्टी एकतापछि अव आफुहरु बलियो हेडक्वाटर बनाउनतर्फ लागेको बताए ।

‘अव बलियो हेडक्वाटर चाहिएको छ, त्यसको विकास गर्नुपर्छ’ प्रचण्डले भने ।

लीडरसिप धेरै महत्वपुर्ण भएको भन्दै उनले यो जनताले आन्दोलनबाट छान्ने र त्यहीँ छानिएकाबाट हेडक्वाटर बन्ने कम्युनिष्ट नियम भएको पनि बताए । 

उनले कम्युनिष्ट पार्टी नेताहरुको पार्टी हुने भन्दै बुर्जुवाहरु अराजकताबादी हुने टिप्पणी गरे । कम्युनिष्टहरुको विशेषता सामुहिकता नै भएको भन्दै उनले एउटै पाटीभित्र धेरै केन्द्र हुँदा कम्युनिष्ट कमाइखाने भाडो बनेको कुरातर्फ ख्याल गर्न निर्देशन दिए ।  

प्रचण्डले पार्टी एकता गर्नुको कारण खुलाउदै आधुनिक विज्ञान प्रविधिलाई प्रयोग गरेर नेपाली समाजलाई नयाँ मोडल दिने प्रयासस्वरुप एकता गरिएको बताए । 

दुई पार्टी एकताबारे विश्वमा अझै चर्चा भइरहेको र यस्तो अवस्थामा संचार क्षेत्रमा काम गर्ने साथीहरुको भूमिका थप सान्दर्भिक हुने भएकाले त्यहीँ अनुसार कलम चलाउन आग्रह गरे । 

‘आलोचाना, बहस, संघर्ष हुँदै रुपान्तरण कम्युनिष्टहरुबीच एकता गर्ने  नियम भएको र त्यहि अनुसार तत्तकालिन एमाले र माओवादीबीच नयाँ आधारमा नयाँ एकता सम्भव भएको’ प्रचण्डको भनाई थियो । 

एकतापछि सञ्चार क्षेत्रमा काम गर्नेहरुलाई पनि थप जिम्मेवारी दिने प्रयास भएपनि त्यो पुर्णता भने नभएको भन्दै प्रचण्डले अवको लक्ष्य समाजवाद प्राप्त गर्ने भएकाले विचारलाई विकसित गर्नुपर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति सन्तुलन गर्दै अघि बढ्नुपर्ने अवसर चुनौती दुवै आइलागेको बताए । 

प्रचण्डले पार्टी एकता गर्दा राम्रा र नराम्रा दुवै कुराहरु एकतामा आएको अव तिनिहरुलाई छुट्याउन जरुरी भएको पनि बताए । भने, ‘लोभ, गुट–उपगुट हामीमा अझै छ । पार्टी एकतापछि राम्रा कुरा विकसित गर्ने र नराम्रा कार्यशैली र सोचलाई बदलेर अवसरलाई सदुपयोग गर्दै राम्रो पार्टी बनाउने संकल्प गर्नुपर्छ’ सम्बोधनका क्रममा प्रचण्डले भने ।

उनले पत्रकारहरुले जनतालाई ठीक ढंगले सुचना प्रदान गर्ने र पाटीका कमीजोरीलाई आलोचना गर्न पनि सुझाव दिए । 

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, नेतृ पम्फा भुषाल लगायतले एकतापछि पार्टी थप शक्तिशालि बनेको बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप