शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकको एनआईसी एशिया बैंक र सेन्चुरी बैंकसँग रेमिट सम्झौता

शुक्रबार, ०१ असार २०७५, १६ : १५
शुक्रबार, ०१ असार २०७५

काठमाडौं । ज्योति विकास बैंक लि.ले एनआईसी एशिया बैंक र सेन्चुरी बैंकसँग रेमिट सेवा संचालन सम्वन्धि सम्झौता गरेको छ । सम्झौता पश्चात एनआईसी एशिया बैंक र सेन्चुरी बैंकका सबै शाखाबाट ज्योति रेमिटमार्फत रकम पठाउन र भक्तानी गर्न सकिनेछ ।

सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमूख बलदेव थापा र एनआईसी एशिया बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर जयन्द्र रावलले हस्ताक्षर गरे । सम्झौता पश्चात एआईसी एशिया बैंकका देशभर सञ्चालनमा रहेका शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न, खातामा जम्मा गर्न सकिनेछ । 

त्यस्तै ज्योति विकास बैंक र सेन्चुरी बैंकबीच पनि “ज्योति रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । ज्योति विकास बैंक लिमिटेडको तर्फबाट संचालन विभाग प्रमूख थापा  र सेन्चुरी बैंक लिमिटेडको तर्फबाट  प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात सेन्चुरी बैँकका सम्पुर्ण शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप