बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुजुकीको “पुरानो दिनुहोस् नयाँ सुजुकी लिनुहोस्” अफर सार्वजनिक

शुक्रबार, ०१ असार २०७५, १५ : १५
शुक्रबार, ०१ असार २०७५

काठमाडौं । सुजुकीले मेगा एक्सचेन्ज क्याम्प संचालन गरेको छ । जस अन्र्तगत सुजुकीले “पुरानो दिनुहोस् नयाँ सुजुकी लिनुहोस्” अफर सार्वजनिक गरेको हो ।

सुजुकीले काठमाडौं उपत्यका लगायत भक्तपुर र बनेपाको शोरुमबाट पुरानो बाइक दिएर सजिलै नयाँ बाइक तथा स्कूटर साट्न सकिनेछ । यो योजना अन्र्तगत गुड्दै नगुड्ने बाइक वा स्कूटरको भ्यालुएसन २०,००० दिने पनि जनाएको छ । गुड्ने बाइक वा स्कूटरमा थप १५००० भ्यालुएसन दिने सुजुकीले जनाएको छ ।

पुराना सवारी साधनले वातावरण प्रदुशण गर्ने भएकाले कुनै पनि कम्पनीको पुराना बाइक वा स्कूटर साट्न सकिने कार्यक्रम ल्याएको कम्पनीले बताएको छ । यो योजना जेठ ३० गते देखि असार ५ गतेसम्म संचालन हुनेछ । साथै सुजुकीका शोरुमहरु शनिबार पनि खुल्ला गर्ने कम्पनीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप