काठमाडौं काम नलाग्ने इँट्टाको थुप्रो जस्तो देखिन्छ:प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौ अव्यवस्थित निर्माण र बसोबासका कारण निर्माण व्यवसायीले थुपारेको काम नलाग्ने इट्टाको थुप्रो जस्तो भएको बताएका छन् । राजधानीको भृकुटीमण्डपमा आजदेखि शुरु भएको सातौ प्रोपर्टी एक्स्पोमा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौ शहर अव्यवस्थित भएको बताए ।
सरकारले निर्माण व्यवसायीलाई कुन ठाउँमा विकास गर्न दिने भन्ने स्पष्ट व्यवस्था नगरिदिएकाले ऐतिहासिक शहर काठमाडौ कुरुप बनेको उनले भने । सरकार र व्यवसायी मिलेर अब रिलोकेट बस्ती बनाउनु पर्ने आवश्यकता रहेको ओलीले औल्याए ।
साथै, देशमा अब शुसासन र विकासको आवश्यकता रहेकाले यसका लागि कानुन र संविधान नै संशोधन गर्न परे पनि आफुहरु तयार रहेको उनले भने । राजनीतिक परिवर्तनलाई सम्पूर्ण रुपमा संस्थागत गरिसकेको बताउँदै उनले अब शुशासन र विकासबाट समृद्ध नेपाल बनाउने अवसर आएको उल्लेख गरे ।
यता, घरजग्गा व्यवसायीहरुले घरजग्गा विकासमा सरकारले सहयोग गर्न आग्रह गरे । उनीहरुले विदेशी नागरीकले सहज रुपमा अपार्टमेन्ट खरिद गर्न पाउने भनिएपनि त्यसको कार्यान्वयन नभएको भन्दै सहज कार्यान्वयनको लागि सरकारसँग माग गरेको छ । जग्गा विकासतर्फ कर्जा र सुरक्षणको अनुपात ६० प्रतिशत पुर्याउन पनि उनीहरुले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण