लोकसेवाको प्रतिष्ठामा आँच आउन नदिनुस्ः राष्ट्रपति भण्डारी
काठमाडौ–राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगले दक्ष र योग्य मानव संशाधन चयनमा हासिल गरेको महत्व, गरिमा र प्रतिष्ठालाई बचाई राख्नुपर्ने बताएकी छन् । लोकसेवा आयोगको ६८ औ बार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोन गर्दै राष्ट्रपति भण्डारीले आयोगको प्रतिष्ठामा कही कतैबाट आँच आउने काम हुन नदिने तर्फ गम्भीर बन्न आयोग पदाधिकारीलाई सचेत गराइन् ।
उनले देशको स्थायी सरकारको रुपमा चिनिने मुलुकको प्रशासन र अन्य क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य मानव संसाधन प्रवेश गराउने जिम्मेवारी बोकेको लोकसेवा आयोगको कार्यमा निश्पक्षता, पारदर्शीता र गुणस्तरियता सधै कायम रहनुपर्नेमा जोड दिइन् ।
उनले राष्ट्रसेवामा कुशलतापूर्वक लाग्ने जनशक्तिलाई त्यस दिशामा समाहित गराउने जिम्मेवारी सम्हालेको लोकसेवा आयोगको महत्व, गरिमा र प्रतिष्ठामा आँच आउने कुरा कतैबाट हुनुहुँदैन भन्ने तथ्यलाई गम्भीरताका साथ मनन गर्नुपर्ने आवश्यकता औल्याइन् ।
राष्ट्रपति भण्डारीले यो चुनौतिलाई सामना गर्न सक्ने गरि आफुलाई सुधार एवं विकास गर्दै अघि बढ्न आयोगलाई शुभकामना दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण