शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगको तीनबर्षे रणनीतिक योजना सार्वजनिक

शुक्रबार, ०१ असार २०७५, १३ : ५९
शुक्रबार, ०१ असार २०७५

काठमाडौं– लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले परिवर्तित सन्र्दभमा आयोगलाई आमूल परिर्वतन गर्न नसकिएको स्वीकार गरेका छन् । लोकसेवा आयोगको ६८ औ बार्षिकोत्सव समारोहको अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष मैनालीले निष्पक्षता र स्वतन्त्रताको सवालमा इतिहास रच्न सफल आयोगले आफ्नो साख गुम्ने भयका कारण अग्रगमनमा पाईला चाल्न नसकेको बताएका हुन् ।

उनले आक्रमक प्रवर्तनद्धारा आमूल परिर्वतन गरि अगुवा संस्था हुन नसके पनि समयको माग अनुसार रुपान्तरण गर्ने प्रयास भने भइरहेको बताए । तल्ला पदहरुमा केही हदसम्म प्रयोग गरिएको एकीकृत परीक्षालाई अब रापत्रांकित प्रथम श्रेणीमा विस्तार गरिएको उल्लेख गर्दे उनले परीक्षासम्बन्धी गोप्य काम गर्ने शाखा लगायतमा परीक्षाको प्राप्ताङ्क र क्रम दुवै थाहा नपाउने व्यवस्था गरिएको बताए ।

उनले गलत भर्ना नीति र गलत भर्ना प्रक्रियाले प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश भएको भन्दै  मकैमा ढुसी र काठमा धमिराको संज्ञा दिए । उनले परिर्वतनलाई कुशल व्यवस्थापन गर्न सक्ने जनशक्ति प्रवेश गराउनका लागि औसत मस्तिष्क नभई उत्कृष्ट मस्तिष्क भित्र्याउन सक्नुपर्ने बताए ।

अनलाई दरखास्त, मोबाईल एप्स लगायत इ सेवा दिदै आएको आयोगले आगामी श्रावण देखी अनलाई पेमेन्ट पुर्ण रुपमा लागु गर्ने भएको छ । अध्यक्ष मैनालीले नेपालको संविधान बमोजिमको लोक सेवा आयोग ऐन जारी नहुँदा काम गर्न असजिलो भएको भन्दै आयोग सम्बन्धी विधेयक चाडो संघीय संसदमा प्रस्तुत गर्न सरकारसंग माग गरे । आयोगले तीन बर्षीय रणनीतिक योजनाआजै देखि सार्वजनिक गरेको छ । 

लोकसेवाको प्रतिष्ठामा आँच आउन नदिनुस्ः राष्ट्रपति भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप