अमेरिकी प्रतिबन्ध हटेपछि आम उत्तर कोरियाली परिवारको जीवनमा के फरक पर्नेछ ?
बीबीसी । किम जोङ उनसँग ऐतिहासिक भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु निःशस्त्रीकरणपछि उत्तर कोरियामा लगाइएको प्रतिबन्धहरू हटाउने बारेमा विचार गर्ने बताएका छन् ।
उत्तर कोरिया लामो समयदेखि बाहिरी संसारबाट अलग रहेको छ । यदि प्रतिबन्ध हटाइएमा एक आम उत्तर कोरियाली नागरिकमाथि यसको के असर हुनेछ ?
उत्तर कोरियाबारे जानकार केही विशेषज्ञहरूको मद्दतबाट बीबीसीले एक काल्पनिक पात्र उत्तर कोरियाली ‘मिस्टर ली’ परिवारको जीवनलाई बुझ्न कोसिस गरेको छ ।
उत्तर कोरियाका ‘सामान्य’ परिवारको बारेमा कुरा गर्न केही अफ्ठ्यारो रहेको छ । किनकि यहाँ विभिन्न सामाजिक–वर्गका मानिसहरू छन् र क्षेत्रीय असमानता निक्कै बढी रहेको छ ।
आम मानिसका प्रतिनिधि ‘मिस्टर ली’को परिवारको आयस्रोत
परिवारका मुली र पिता मिस्टर ली उत्तर कोरियाको अन्य मानिसहरू जस्तै कामका लागि खानी उद्योगमा निर्भर छन् ।
खानी उद्योग यस देशको निर्यातको मेरुदण्ड हो र विदेशी मुद्रा कमाउने सबैभन्दा चर्चित विकल्प हो । दशकौंदेखि यसले सरकारी कोषमा विदेशी मुद्रा ल्याउनका लागि मद्दत गरिरहेको छ ।
उत्तर कोरियाले आफूसँग कोइलाको अतिरिक्त दुर्लभ खनिज पदार्थहरूको विशाल भण्डार रहेको दाबी गरेको छ ।
यहाँको मानिसहरूको आर्थिक जीवन उनीहरूले पाउने तलब, बोनस र सरकारद्वारा प्रदान गरिने सुविधाहरूमा चल्छ । सुविधामा घर र रासन समेत रहेको छ ।
तथापि उनीहरूले पाउने आधारभूत तलब यति कम छ कि त्यसले केही दिनको गुजाराका लागि चामलको अतिरिक्त अरू किन्न सकिँदैन ।
उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धबाट लीको परिवार कसरी प्रभावित भएको छ ?
सन् २०१७ मा प्रतिबन्ध बढाइसँगै कोइला र खनिज पदार्थको निर्यात माथि पनि प्रतिबन्ध थपियो । यही कारणले उद्योगहरूको उत्पादनमा कमी आएको छ ।
उत्तर कोरिया जस्तो अर्थव्यवस्थामा कोही पनि ‘बेरोजगार’ मानिँदैन तर मिस्टर लीको आम्दानीमा निश्चय नै असर परेको छ ।
यही कारण मिस्टर लिसँग अन्य कोरियाली नागरिकहरू जस्तो एक अनिश्चित बाटोमा हिँड्नु बाहेक अन्य विकल्प थिएन ।
यही अनिश्चित बाटो हो– माछा मार्ने विकल्प । यसका लागि उनी सेनाको डुङ्गा भाडामा लिन्छन् र आफ्नो साथीहरूसँग समुन्द्रमा माछा मार्न जान्छन् । यसरी समातिएका माछाहरू बजारमा बेचिन्छ ।
उनको खानीको जागिर यथावत छ । यसका लागि उनी आफ्नो कामका प्रमुखलाई घुस पनि दिन्छन् । माछा समात्नु खतरनाक काम हो । राम्रो माछा समात्नका लागि उनलाई समुद्रमा टाढासम्म यात्रा गनुपर्छ ।
फेरि आफू चढेर आएको नाउको तेल सकियो भने हराउने चिन्ता पनि हुन्छ ।
कहिले काहीँ जापानको किनारमा लासले भरिएको जहाज भेटिन्छन् । यस्ता जहाज उत्तर कोरिया फर्किन नसकेका जहाज मानिन्छन् ।
मिस्टर लीलाई यस्तो खालको जोखिम उठाउनुपर्छ । उनीजस्तै अन्य मानिसहरू राम्रो आम्दानीको लागि माछा पक्रने काम गर्छन् । तर प्रतिबन्धको असर यसमा पनि परेको छ ।
सन् २०१७ मा प्रतिबन्ध थपिएपछि तेलको मूल्य निक्कै बढेको छ । यसको कारण समुद्रको यात्रा महँगिएको छ । यसको साथै चीनले हालै समुद्री माछाको आयातमाथि रोक लगाइदिएको छ ।
पुँजीवादी व्यवस्था र महिलाहरूको घरव्यवहारमा आएको बदलाब
मिस्टर लीको परिवारलाई विशेषज्ञहरू जंगमदांग भन्छन् । जंगमदांगको मतलब ‘बजार’ हुन्छ । त्यो पिँढीले ९० को दशकमा सङ्कट र भोकमरीको अनुभव ग¥यो ।
त्यो समयसम्म देशमा कम्युनिस्ट अर्थव्यवस्था थियो । यसअन्तर्गत देशको हरेक सेवा र सामानहरूको वितरण राज्यले गर्दथ्यो ।
तर त्यो समयमा आएको अकालले यो तरिका असफल भयो । त्यो समयमा भोकमरीमा परेर लाखौं मानिसहरूको ज्यान गएको विश्वास गरिन्छ ।
भोकमरीका कारण मानिसहरूलाई आफ्नो आवश्यकता पूरा गर्नको व्यक्तिगत काम गर्नु प¥यो । जसले यो देशमा पुँजीवादको जन्म गरायो ।
उत्तर कोरियाको अर्थव्यवस्थाले नयाँ आकार लिन लाग्यो । यहाँका महिलाहरू काम गर्न थाले । यसले परिवारको आम्दानी वृद्धि भयो ।
यही कारणले मिस्टर लीकी श्रीमती पनि काम गर्न थालिन् । उनी एक कपडा उद्योगमा काम गर्छिन् । उत्तर कोरियाको कपडा उद्योग चीनको कारणले निक्कै उन्नत अवस्थामा छ ।
तर प्रतिबन्ध थपिएपछि यस क्षेत्रमा पनि कैयाँै उद्योग बन्द भएको छ ।
मिसेस लीलाई यही अवस्थामा धेरै दिनसम्म भर पर्न सकिँदैन भन्ने थाहा छ । यही कारणले उनी केही महिलाहरूसँग मिलेर सोयाबिनको पनिर बनाउने र त्यसलाई सानो व्यवसायको रूपमा चलाउने सोचिरहेकी छिन् ।
मिस्टर लीको परिवारका लागि आयको अर्को पनि विकल्प छ । त्यो विदेशमा रहेका आफन्तजनले पठाएको पैसा हो ।
मिस्टर लीका भाइ रुसमा निर्माण क्षेत्रमा काम गर्छन् । त्यसको आय उनी घर चलाउनका लागि स्वदेश पठाऊन् ।
उनी कुनै हिसाबमा घुस दिएर रुस जान सफल भएका हुन् । एक अनुमान अनुसार करिब एक लाख उत्तर कोरियालीहरू विदेशमा काम गर्छन् ।
त्यहाँ उनी आफ्नो देशमा भन्दा निक्कै ज्यादा कमाउँछन् । तर अमेरिकाले पछिल्लो वर्ष डिसेम्बरमा लगाएको प्रतिबन्धहरूपछि सबै उत्तर कोरियाली मानिसहरूलाई २४ महिनाभित्र आफ्नो देश फर्किनुपर्छ ।
उनीहरूलाई विदेश जानका लागि पनि प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्धले निःशुल्क रहेको शिक्षामा समेत असर
यदि लीको परिवारको आर्थिक स्थिति खराब भएमा उनीहरूले आफ्नो छोरीलाई विद्यालयबाट निकाल्नुपर्छ । आमाको काममा सघाउनका लागि छोरीलाई स्कुलबाट निकाल्नुपर्छ ।
उत्तर कोरियामा बच्चाहरूको लागि १२ वर्षसम्म अनिवार्य शिक्षाको प्रावधान छ । तर गरिबीको कारण कति बच्चाहरूले काम गर्नुपर्ने भएकाले स्कुल जान पाउँदैन ।
स्कुलका शिक्षकहरू पनि आम्दानी बढाउनको लागि अन्य काम गर्ने गर्छन् । यस्तोमा कहिले काहीँ स्कुल नै बन्द हुने गर्छ ।
यदि उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध अन्त्य हुन्छ भने मिस्टर लीको परिवारका लागि रोजगारको साधन बढ्छ । उनीहरूको आम्दानी पनि बढ्नेछ ।
यदि यस्तो भएमा उनकी छोरी राम्रोसँग पढ्न र खेल्न पाउनेछिन् । यति मात्र होइन स्कुलको बच्चाको पाठ्यक्रम पनि बदलिनेछ । त्यहाँ हालसम्म स्कुलमा बच्चाहरूलाई अमेरिका ठूलो दुस्मन भनेर पढाइन्छ ।
गैरकानुनी तरिकाबाट ल्याइएका विदेशी फिल्मका सीडीहरू, दक्षिण कोरियाका टिभी सिरियलहरू र विदेशबाट फर्किएकाहरू मार्फत उत्तर कोरियालीहरूमा बाहिरी संसारको जीवन शैलीको बारेमा जानकारी बढिरहेको छ ।
विस्तारै मानिसहरूमा अन्य देशको जीवनशैली उनीहरूको भन्दा निक्कै राम्रो छ भन्ने जानकारी बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर