शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकबीच रेमिटेन्स सम्झौता

शुक्रबार, ०१ असार २०७५, १३ : ४४
शुक्रबार, ०१ असार २०७५

काठमाडौं– ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकबीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । बिहीबार ती दुई वित्तिय संस्थाबीच उक्त समझ्दारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् । 

ज्योति विकास बैँकले हालै सञ्चालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैँक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ५५ वटा शाखा रहेका छन भने यस आर्थिक वर्षभित्र थप  ५ शाखा सञ्चालनमा आउँदैछन् ।

     


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप