शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच सम्झौता

शुक्रबार, ०१ असार २०७५, १३ : ३४
शुक्रबार, ०१ असार २०७५

काठमाडौं– मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  समझ्दारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट महाप्रवन्धक प्रदिपकुमार झाले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएको शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

मुक्तिनाथ विकास बैंकले आफ्ना ८२  वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख पचत्तरहजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप