बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल–स्कुटर पुरानो भयो ? : सुजुकीले ल्यायो ‘मेगा एक्सचेन्ज क्याम्प’

शुक्रबार, ०१ असार २०७५, १३ : २३
शुक्रबार, ०१ असार २०७५

काठमाडौँ । भिजी अटोमोबाइल अन्तरगत सुजुकी टु ह्विलर्सले मेगा एक्सचेन्ज अफर ल्याएको छ ।

यस अन्तरगत ग्राहकले पूरानो मोटरसाइकल वा स्कुटर दिएर सुजुकीको नयाँ सवारी लान पाउने छन् ।

यो क्याम्प काठमाडौँ उपत्यकामा जेठ ३० देखि असार ५ गतेसम्म चल्नेछ । र, यो शनिबारको दिनमा खुला रहनेछ ।

कम्पनीले कुनै पनि ब्रान्डको बाइक वा स्कुटर साट्दा बजार प्रचलित मूल्यभन्दा थप १५ हजारसम्म पाउने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै, गुड्दै नगुड्ने बाइक वा स्कुटरका लागि समेत न्यूनतम २० हजार रुपैयाँसम्म दिने पनि बताइएको छ ।

मार्के म्यानेजर नबराज कोइरालाले यस अवधिमा कम्तिमा ३ सय वटा सवारी बेच्ने लक्ष्य रहेको बताए । ‘हामीले पुरानो गाडी चढ्ने ग्राहकले बाइक बिग्रेर धेरै खर्च गर्नु नपरोस् र पुरानो बाइकले वातावरण प्रदुषण

नहोस् भनेर यो एक्सचेन्ज क्याम्प शुरु गरेका हौँ,’ कोइरालाले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप