बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मिनेन्द्रलाई योगेशको जवाफ : संसदबाट निस्के हुन्छ, ढोका खुल्ला छ

शुक्रबार, ०१ असार २०७५, ११ : ४९
शुक्रबार, ०१ असार २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले काङ्ग्रेसले संसद छोडेर गएपनि केही फरक नपर्ने बताएका छन् । 

शुक्रबार प्रेस सेन्टरको अन्तिम बैठकलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य भट्टराइले कांङग्रेस संसदबाट निस्के केही नहुने जवाफ दिएका हुन् ।

बिहीबार कांग्रेस नेता तथा सांसद डा. मिनेन्द्र रिजालले सत्तापक्षले एकलौटी गर्न खोजेको सरकारले व्यवहार परिवर्तन नगरे काङ्ग्रेसले संसद छाड्न नपरोस् भन्दै चेतावनी दिएका थिए । 

प्रतिनिधिसभाको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्दे सांसद रिजालले सरकारलाई पनि नियम कानुन र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । 

सरकारका सबै निकायबाट धम्क्क्याउने ,धर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उनले दुई तिहाईको दम्भ देखाईए प्रतिपक्षी दलले त्यसको शसक्त प्रतिवाद गर्ने चेतावनी दिए ।

त्यसपछि भट्टराइले शुक्रबार नेता रिजाललाई अघिल्लो दिनको जवाफ दिदै भने ‘ढोका खुल्ला छ, निस्के हुन्छ ।’

त्यस्तै भट्टराईले काङ्ग्रेसले कम्युनिष्टहरुलाइ झोला बोक्ने पार्टी सम्झने र विभिन्न बहानामा सधै हेप्ने गरेपनि अब हेप्न नसक्ने बताए । ‘काङ्ग्रेसले अहिले हरेक कुरामा अधिनायकबाद देखेको छ । तर, काङ्ग्रेसले कतिपटक अधिनायकबाद देखायो त्यो पनि हेक्का राखोस् ।’

नेता भट्टराइले आफुहरु अधिनायकबादी नभएर जनताको काम गर्ने सेवक भएको दावी समेत गरे ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप