शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सगुनमा लगानीको अवसर साउन १० सम्म, उत्साहजनक सहभागिता

शुक्रबार, ०१ असार २०७५, ११ : ४०
शुक्रबार, ०१ असार २०७५

अमेरिका-सोसल कमर्श साइट सगुनले अमेरिकन सेक्युरिटी एक्सचेन्जको स्वीकृतिमा बिश्वभरबाट लगानी जुटाउन पाएको एक बर्षको समयमीमा आगामी जुलाई २६ अर्थात साउन १० सम्म यथावत रहने जनाएको छ।

सगुनका संस्थापक गोविन्द गिरीले एक नोट जारी गर्दै लगानीको अवसर साउन १० सम्म रहेको जानकारी गराएका हुन्। 

लगानीको लागि पछिल्लो समयसिमा जुन १५सम्म अर्थात असार १ सम्म तोकिएपनि अमेरिकन सेक्युरिटी एक्सचेन्जले दिएको अन्तिम समय जुलाई २६ सम्म नै सगनुले लगानी जुटाउन पाएको गिरीले जानकारी दिएका हुन्।

उनले भनेका छन् -सगुनलाई बिश्वभरबाट बिश्वास गरेर सयौको संख्यामा साथ र सहयोग प्राप्त भैरहेको छ । लगानीको माध्यमबाट स्वामित्व लिनेहरु पनि बढिरहेका छन् ।

हालसम्म बिश्वभरबाट हिन्दुस्तान टाइम्स सहित ३ हजार भन्दा बढी लगानीकर्ताले सगुनमा लगानी गरिसकेका छन । नयाँ लगानीकर्ताहरु पनि छिटो छिटो बढिरहेको गिरीले बताए ।

मुख्य गरेर बिश्वभर छरिएका नेपाली र भारतीय समुदायको बिश्वास सगुनप्रति बढिरहेको कम्पनीले जनाएको छ। अझ भारतको नयाँ दिल्लीमा २०१८ को जनवरीमा एन्ड्रोइट एप सार्वजनिक भए पछि सगुनको प्रयोगकर्ताहरु उल्लेख्य मात्रामा बढिरहेको समेत सगुनले जनाएको छ। 

गिरीले भनेका छन् -हामीले नयाँ दिल्लीमा जनवरी २०१८ मा सगुनको एन्ड्रोइड एपको सुरुवात गरेको दिनदेखि हाम्रो ‘पहिलो दिन’ सुरु भएको छ । यस वर्षभरि हामी सगुनको सेवालाई लाखौं प्रयोगकर्ताहरुको क्रियाकलापलाई धान्न सक्ने बनाउने तथा हाम्रा व्यवसायिक साझेदारहरुलाई उनीहरुको व्यवसायलाई सगुनमा चलाउन मिल्ने गरी एकीकृत गर्न केन्द्रित हुनेछौं । 

हाल सगुनका २५ लाखभन्दा बढी प्रयोगकर्ताहरु छन् र तिनीहरुको वृद्धि गर्न काम गरिरहेको सगुनले जनाएको छ। यसको साथै हामी प्रयोगकर्ताहरुको दैनिक जीवनमा सुधार गर्नको लागि आवश्यक पर्ने सेवा तथा प्रविधिको विकास गर्न ठूलो स्तरमा लाग्ने प्रतिवद्धता गिरीले व्यक्त गरेका छन्। 

केही समय अघि भारतीय चर्चित अभिनेत्री मन्दीरा वेदीले समेत सगुनमा लगानी गरेको भिडियो सार्वजनिक भए पछि बलिउडमा समेत यसको चर्चा चुलिएको थियो ।

सगुनमा लगानी गर्न चाहनेले सगुनको लगानी पेज www.sagoon.com/invest मा गएर त्यहा भएको लगानी सम्बन्धी भर्म भरेपछि प्राप्त मेलको आधारमा आफ्नो खाता भएको बैंकबाट वायर गरेर जुलाइ २६ सम्म लगानी गर्न सकिने सगुनले जनाएको छ । कतिपय देशबाट भने डेबिट र क्रेडिट कार्ड मार्फत समेत लगानी गर्न सकिने जनाइएको छ । नेपालभित्रबाट लगानी गर्न नसकिए पनि बिदेशमा बस्ने नेपालीहरुले भने सम्वन्धित देशमा बैंक खाता भएमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । 

लगानी सम्बन्धी सम्पूर्ण जानकारी सगुनको इन्भेष्ट पेजमा भएको चौबिसै घण्टा जवाफ दिने लाइभ च्याटबाट समेत पाउन सकिने बताइएको छ।

नेपाली र भारतीयहरुको सहकार्यमा नयाँ सामाजिक सञ्जाल बनाएर दक्षिण एसियाबाट बिश्वको ध्यान खिच्ने लक्ष्य रहेको गिरीले बताएका छन् । हाल सगुनले अमेरिका, भारत र नेपालमा कार्यालय राखेर सोसल कमर्स साइड सगुनको निर्माण तथा प्रचार प्रसार गरिरहेको छ। लगानीका लागी अन्तिम अवसरलाई सदुपयोग गर्न समेत गिरीले सबैलाई आह्नान गरेका छन् ।

अहिले लगानीको लागि प्रदान गरेको अमेरिकी डलर २३ प्रति कित्ता शेयरको अवसर भने साउन जुलाई २६ अर्थात १०, २०७५ बाट उपलब्ध नहुने गिरीले प्रष्ट पारेका छन्। अहिले २३ डलर प्रति शेयरका दरले कम्तिमा  १ हजार डलर लगानी गर्नुपर्ने हुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप