शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

घरभित्र सीमित ग्रामीण महिला अब सामाजिक क्षेत्रमा

शुक्रबार, ०१ असार २०७५, ११ : ३१
शुक्रबार, ०१ असार २०७५


सुशीला रेग्मी 
पाल्पा -कुनै समय छोरी, बुहारी घरको कामकाजभन्दाबाहेक अन्यत्र बाहिर निस्कन नपाउने अवस्था थियो । 

छोरी, बुहारी घरबाट बाहिर निस्के बिग्रन्छन् भन्ने गलत सोचाइका कारण घरपरिवारबाट घरायसी कामकाजबाहेक अन्यत्र निस्कन दिइँदैनथ्यो । 

तर त्यही महिला हिजोआज भने सामाजिक क्षेत्रमा सक्रिय बन्न थालेका छन् । पुरुषको बर्चस्व रहेको समाजमा दबिएर बसेका महिला पछिल्लो समय आफ्नो हक र अधिकारका निम्ति समाजमा हुने विभिन्न क्रियाकलापमा उनीहरु सरिक हुन थालेका छन् । यसले गर्दा ग्रामीण भेगका महिलामा चेतनाको विकास बढ्दै गएको छ । 

रामपुर नगरपालिका–४, दर्छा खरक गाउँ बस्ने मधु राना पहिले पहिले श्रीमान्, सासु ससूराको डरले उहाँ घरभित्रै खुम्चिएर बस्नुप¥यो । अहिले समयको परिवर्तनसँगै उहाँ आफैँ सामाजिक क्षेत्रमा हुने विभिन्न गतिविधिमा सहभागी हुने र गाउँका महिलालाई पनि सामाजिक कार्यमा निस्कन सल्लाह दिने गर्नुहुन्छ । 

“पहिला त श्रीमान्, सासु ससूराले घरायसी कामबाहेक अरु काममा निस्कन दिनुहुन्नथ्यो, गाउँमा कसैका छोरी, बुहारी, श्रीमती बाहिर निस्किएका छैनन्, समाजले के भन्छ, फेरि महिलाको जात बाहिर निस्क्यो भने बिग्रन्छन् भन्नुहुन्थ्यो” उहाँले भन्नुभयो । 

“अहिले त घरपरिवारमा पनि परिवर्तन आएको छ, उहाँहरु आफँैले कुरा बुझ्नुभएको छ, ‘छिटोछिटो घरको काम सकाएर सामाजिक क्षेत्रमा जाऊ, केही न केही नयाँ कुरा सिकेर आऊ’ भन्ने गर्नुहुन्छ” रानाको भनाइ छ । 

खुमाकुमारी राना पनि बिहान साँभmको घरको काम सकेर दिउँसो सामाजिक काममा निस्कने गर्नुहुन्छ । घरबाट बाहिर निस्कन थालेपछि धेरै कुरा सिक्न र बुझ्न पाएको उहाँ बताउनुहुन्छ । 

गाउँमा घरधन्दा, घाँसपात, मेलापात गरेर जीवन बिताउने यहाँका महिला समयको परिवर्तनसँगै समाजमा हुने गरेका विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठीमा सहभागिता जनाउने गरेका छन् । चेतनाको विकास बढ्दै जाँदा ग्रामीण भेगका महिलाले सामाजिक कार्यमा निस्कने अवसर पाएका हुन् । 

घरपरिवार श्रीमान्को डरत्रासमा बसिरहेका महिलालाई अहिले नयाँ कुरा सिक्न र सामाजिक रुपान्तरणका लागि घरपरिवारबाटै सामाजिक कार्यमा लाग्न सहयोग मिलेको मनकुमारी राना बताउनुहुन्छ । 

श्रीमान् र घर परिवारबाट राम्रो साथ सहयोग पाएको खण्डमा महिला पनि पुरुषसरह नै जुनसुकै काममा अब्बल छन् । पुरुषको बर्चस्व बढिरहेको हाम्रो समाजमा महिलाले काम गर्ने अवसर पाए भने परम्परावादी गाउँघर समाजलाई नै रुपान्तरण गर्न सक्ने देखिन थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप