शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आन्द्रेस इनियेस्टा, स्पेन

शुक्रबार, ०१ असार २०७५, ०९ : ११
शुक्रबार, ०१ असार २०७५

स्पेनका आन्द्रेस इनिस्टाका लागि पनि यो अन्तिम विश्वकप हो ।

विश्व फुटबलमा सम्भव सबै उपाधि इनिस्टाले जितिसकेका छन् । र पनि यी सिर्जनात्मक मिडफिल्डर आफ्नो यात्रालाई अघि बढाउन चाहन्छन् ।

सन् २०१० मा स्पेनलाई विश्वकप जिताउने क्रममा उनले फाइनलमा निर्णायक गोल गरेका थिए ।

सन् २००८ र ०१२ को युरोकपमा पनि उनको प्रदर्शन महत्वपूर्ण थियो । तर, स्पेनिस टोली गत संस्करणको विश्वकपमा समुह चरणबाटै बाहिरियो ।

उक्त हारलाई बिर्साउन पनि यसपटक इनिस्टाको प्रेरणादायी खेलको खाँचो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप