शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

शुक्रबार, ०१ असार २०७५, ०९ : ०५
शुक्रबार, ०१ असार २०७५

निर्विवाद रुपमा क्रिष्ट्रियानो रोनाल्डो हेर्नलायक खेलाडी हुन् । ३३ वर्ष रोनाल्डो अझै फर्ममा छन् । तर, ४ वर्षपछि के हुन्छ त्यो कसलाई थाहा ?

त्यसैले धेरैले रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुने अड्कल काटेका छन् । यद्यपि रोनाल्डो अर्को विश्वकप पनि खेल्ने बताउँछन् । 

रियल म्याड्रिडका यी स्टार क्लबका लागि जति उत्कृष्ट खेल्छन् ।

आफ्नो देशका लागि पनि उनले उत्तिकै योगदान गरेका छन् ।

तर, दुग्भार्य देशबाट खेल्दा ठूला अवसरमा चुक्ने गरेको आरोप उनीमाथि लाग्छ । यस्तोमा आफुमाथि लागेका आरोप चिर्नुपर्ने चुनौती रोनाल्डोमाथि छ ।

प्रशिक्षक फर्नान्डो सन्तोषको टोलीका बर्नार्डो सिल्भा, आन्दे्र सिल्भा, गिल्सन मार्टिन्सलगायतका खेलाडीको खेल पनि विशेष हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप