मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

राससको अध्यक्षमा अधिकारी र नेपाल टेलिभिजनको अध्यक्षमा विष्ट नियुक्त

बिहीबार, ३१ जेठ २०७५, २२ : ०२
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा हरिहर अधिकारी र नेपाल टेलिभिजनको अध्यक्षमा डा. महेन्द्र बिष्ट नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीपरिषद्को  बिहीबार साँझ (आज) बसेको बैठकले सो निर्णय गरेको हो । 

त्यस्तै सरकारले एसियाली विकास बैंक (एडीबी)का वैकल्पिक निर्देशक डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाएर अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

पौडेल एडीबीका उपकार्यकारी निर्देशक हुन् ।  मुख्य सचिव पद छाडेर एडीबी गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप