बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

बिहीबार, ३१ जेठ २०७५, २१ : २३
बिहीबार, ३१ जेठ २०७५

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गरेका छन् । 

प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले संघीयता देशलाई भारी भएको टिप्पणी गरे । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गरे ।उनले भने, ‘जसोतसो केही वर्ष धानिएला, अन्ततः संघीयता खारेज हुन्छ ।’ 

अध्यक्ष केसीले नेपालको भू–बनोट, सानो अर्थतन्त्र, सामाजिक, राजनीतिक आदि कारणलेसंघीयता नचाहिने तर्क गरे । फरक प्रसंगमा उनले वर्तमान सरकार इतिहासकै शक्तिशाली रहेको टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप