शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंगलग्रहमा भीषण आँधी चलेपछि नासामा छट्पट्टी !

बिहीबार, ३१ जेठ २०७५, २० : २४
बिहीबार, ३१ जेठ २०७५

एजेन्सी– पृथ्वी पछि जीवनको सम्भावना रहेको भनिएको मंगलग्रहमा पछिल्ला दिन भीषण आँधी चलेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । मंगलग्रहमा भीषण आँधी चलेपछि नासाले प्रक्षेपण गरेको यानको अस्तित्वनै संकटमा परेको जनाइएको छ । नासाले प्रक्षेपण गरेको दुईवटा मानवरहित यान अहिले मंगलग्रहमा जीवनको अस्तित्वको बारेमा खोज(अनुसन्धान) गरिरहेका छन् । 

नासाको पछिल्लो रिपोर्टअनुसार यसबेला मंगलग्रहको करिब ३.५ करोड वर्गकिलोमिटर क्षेत्रमा भीषण धुलोसहितको आँधी मडारिरहेको छ । आँधीका कारण मानवरहित यानको सिस्टम नै अफ भएको छ । सो आँधीका कारण मंगलग्रहमा सुर्यको प्रकाश समेत अवरुद्ध भएको नासाको रिपार्टमा उल्लेख छ । 

नासाका मंगलग्रह खोज अनुसन्धान विभागका प्रोजेक्ट म्यानेजर जोन कलासका अनुसार उक्त ग्रहमा अहिले अपरच्युनिटी र स्पिरिट नामका दुई मानवरहित यान खोजमा व्यस्त रहेका छन् ।  मे ३० देखि सुरु भएको उक्त आँधी अहिले थप तीव्र गतिमा चलेको नासाको दाबी छ । दुई यानमध्ये एउटाले पछिल्लोपटक जुन १० मा सम्पर्क गरेको र त्यसयता सम्पर्कविहिन भएको नासाले जनाएको छ ।

नासाले दुवै यान सन् २००३ मा मंगल ग्रहमा प्रक्षेपण गरेको थियो । एक वर्षअघि मात्र ती यान मंगल धर्तीमा अवतरण गरेका थिए । सम्भवत केही दिनमै सो आँधी मत्थर हुने र यानसँगको सम्पर्क निरन्तर हुने नासाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप