बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध तत्काल नहटाउने प्रतिवद्धता : अमेरिकी विदेशमन्त्री

बिहीबार, ३१ जेठ २०७५, २० : २०
बिहीबार, ३१ जेठ २०७५

चीन । चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविकरूपले निशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धतालाई दोहोराएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । 

मङ्गलबार अमेरिकी राष्ट्रपति किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भएको ऐतिहासिक शिखर सम्मेलनपछि यदि प्योङयाङले आफ्ना प्रतिवद्धतालाई पूरा गरेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले प्रतिबन्धलाई विचार गर्नुपर्ने पनि बताएको छ । 

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायतका अधिकारीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अमेरिकी विदेशमन्त्रीले बिहीबार भने, ‘चीनले राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई सम्मान गर्ने आफ्नो पूर्व प्रतिवद्धतालाई दोहो¥याए ।’

अमेरिकी विदेशमन्त्रीले भने, हामीले प्रष्ट गरेका छौँ कि प्रतिबन्ध र कोरियाले पाउने आर्थिक राहतलाई कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गरेपछि व्यवस्था गर्नेछौँ । 

बेइजिङ प्योङयाङको एक मात्र प्रमुख सहयोगी र प्रमुख ब्यापारिक साझेदार मुलुक हो । यद्यपि उत्तर कोरियाले निरन्तर आणविक परीक्षण गरेपछि राष्ट्रसंघद्वारा लगाइएको प्रतिबन्धमा भने चीन विश्व समुदायको निर्णयसँगै प्रतिबन्धको पक्षमा उभिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप