शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको जन्मदिन आज, कति वर्ष भए ?

बिहीबार, ३१ जेठ २०७५, २० : १६
बिहीबार, ३१ जेठ २०७५

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा लागेका छन् । 

गत मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तामा भाग लिएर वासिङटनको राजनीतिमा फर्किएका राष्ट्रपति बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सबैभन्दा पाको व्यक्ति हुन् । अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्षको थिए । अमेरिकाको इतिहासमा रोनाल्ड रेगनले दोस्रो कार्यकाल सम्हाल्दा सन् १९८४ मा उनी ७३ वर्षको थिए । 

ट्रम्प शारीरिक र मानसिक रुपमा स्वस्थ्य छन् । गत जनवरीमा गरिएको स्वास्थ्य परिक्षणमा उनी स्वस्थ्य रहेको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याकसनले बताएकी थिइन् । 

ट्रम्पको रक्तचाप (ब्लड प्रेसर) ल्याबका रिपोर्टहरू आश्चर्यजनक ढङ्गबाट उत्कृष्ट भएको उनका निजी चिकित्सकले बताएका छन् । 

उनको शारीरिक शक्ति र आत्मविश्वास निकै बलियो भएको पनि चिकित्सकको भनाई रहेको छ । अमेरिकी नागरिकहरु उनको उमेर र स्वास्थ्यका विषयमा निकै चासो लिने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप