केन्द्रीय संस्करण

राष्ट्रिय वाणिज्य बैंकको १२ औं साधारणसभा सम्पन्न

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार साधारण सभाले आ.व. २०७३/०७४ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो । 

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा सम्पन्न सो साधारणसभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गर्नुहुंदै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

अध्यक्ष गुरुङ्गले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि शेयरधनिहरु अमृतनाथ रेग्मी र डमरुबल्लभ घिमिरेले टिप्पणी गरेका थिए । टिप्पणीका क्रममा उनीहरुले बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए ।  

सो बैंकका हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ