केन्द्रीय संस्करण

कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

 कुमारी बैंकले कमलपोखरीस्थित कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त विषयगत पुस्तक तथा शैक्षिकसामग्री वितरण गरेको हो । 

 गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक बिकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिज्यूले विद्यालयका प्रधानाध्यापक मनबहादुर खड्कालाई शैक्षिक सामग्री हस्तान्तरण गरे  ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ