बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केदार राई पेस्तोल र गोलीसहित पक्राउ

बिहीबार, ३१ जेठ २०७५, १९ : ०३
बिहीबार, ३१ जेठ २०७५

संखुवासभा । खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा पेस्तोल र त्यसको गोलीसहित सिलिचोङ गाउँपालिका–५ का केदार राईलाई प्रहरीले पक्राउ गरेको छ । 

गएराति प्रहरीको गस्ती टोलीले जाँचका क्रममा ३५ वर्षीय राईको झोलाबाट एक थान स्वचालित पेस्तोल, दुईवटा म्याग्जिन र त्यसको १४ राउण्ड गोली फेला परेको प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले बताए । 

सिलिचोङ–५ याफु घर भएका राई को ३१ प ९५४४ नं को मोटरसाइकलमा खाँदबारीतर्फ आउँदै गर्दा खाँदबारी–३ स्थित मानेभञ्ज्याङबाट पक्राउ परेका हुन् । उनलाई हातहतियार तथा खरखजनाअन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप