शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

बिहीबार, ३१ जेठ २०७५, १८ : ४७
बिहीबार, ३१ जेठ २०७५

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरीको हिरासतमा रहेका चखेली गाउँपालिका–३ का लोकन्द्र बडूलाई सार्वजनिक गरिएको हो । उनी यही जेठ २५ गते बिहान ३ बजे हिरासतबाट फरार भएका थिए । 

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको नेतृत्वमा सिमकोट बजार अनुगमन गर्दा स्थानीय बजारमा सडेको २७ किलोग्राम मासु फेला पारी नष्ट गरिएको छ । स्थानीय व्यापारीले उक्त मासु नेपालगन्ज–सुर्खेतबाट ल्याएको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप