शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कुटुमा कुटुकी’ स्वस्तिमासँग अभिनेता खगेन्द्रले लगाए ठुम्का (भिडियोसहित)

बिहीबार, ३१ जेठ २०७५, १८ : १६
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं – १२ बर्षपछि निर्देशनमा फर्किएका कलाकार निर्माता अशोक शर्माको ‘जय भोले’को पहिलो गीत ‘उम्लियो भने पोखिन्छ...’ सार्वजनिक गरिएको छ । बिहीबार कमलपोखरीस्थित कुमारी हलमा एक कार्यक्रम गर्दै निर्माण युनिटले पहिलो गीत सार्वजनिक गरेको हो ।

कलाकार र निर्माण युनिट र चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति कार्यक्रममा रहेको थियो । गीतमा राजनराज सिवाकोटी र मेलिना राई र राजन राजकै संगीत रहेको गीतमा बसन्त श्रेष्ठको नृत्य रहेको छ ।

चलचित्रको गीतमा कुटुमा कुटुकी अभिनेत्री स्वस्तिमासँग खगेन्द्र लामिछाने,  सलोन बस्नेत, सौगात मल्ल, बुद्धी तामाङ, राजाराम पौडेललगायतका कलाकारले नृत्य गरेका छन् ।

ह्युमर तथा सोसल कमेडी ड्रामाले भरिएको चलचित्र बताईको ‘जय भोले’को निर्माण लागत १ करोड ६० लाख बताइएको छ । झापा र ईलामका आकर्षक स्थानमा खिचिएको चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशन विक्रम भट्टराईको फाइट रहेको छ ।

कार्यक्रममा अधिकांश कलाकारले चलचित्र उत्कृष्ट बनेको र अहिलेसम्मकै फरक कथा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप