शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीटी अवार्ड भदौ १ गते हुने

बिहीबार, ३१ जेठ २०७५, १८ : १६
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– लिभिङ वीथ आईसीटीले ‘आईसिटी अवार्ड २०१८’ गर्ने भएको छ । लिभिङ वीथ आईसिटीले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौ १ गते आईसीटी अवार्डको तेस्रो संस्करण हुन लागेको जानकारी गराएको हो । 

अवार्डमा आईसिटी क्षेत्रका विभिन्न ७ वटा विधा समेटिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिनु भयो । अवार्डमा बेष्ठ स्टार्टअप आईसीटी अवार्ड, बेष्ट प्रडक्ट अवार्ड, आईसीटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आईसीटी मिडिया अवार्ड र आईसीटी इन्ट्रप्रेनियर अवार्ड  समावेश गरिएको छ ।

अध्यक्ष लम्सालले यस वर्ष सो अवार्डमा नोमिनेशनका लागि सय भन्दा बढि संस्थाहरु सहभागी हुने अपेक्षा गरिएको पनि बताए । अवार्डमा सहभागी हुन अनलाईन रजिष्ट्रेशन असार १ गतेबाट खुला हुनेछ । असार १६ गतेसम्म खुला रहने अनलाईनको आधिकारिक वेबसाईट डब्लू डब्लू डब्लू डट आईसीटीअवार्ड डट ओरजी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप