बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीद्वारा विश्वकप योजना घोषणा, बम्पर उपहारमा थाइल्याण्ड भ्रमण

बिहीबार, ३१ जेठ २०७५, १७ : ५३
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– रसियामा आयोजित फिफा विश्वकप–२०१८ को अवसरमा रातोपाटी डटकमले एक विशेष योजनाको घोषणा गरेको छ । 

बिहिबारदेखि आगामी जुलाई १५ सम्म विश्वकप फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिता अवधिभर हरेक दिन खेलसँग सम्बन्धित प्रश्न रातोपाटीको आधिकारिक फेसबुक पेजमार्फत राख्नेछ । 

उक्त प्रश्नको सही जवाफ दिनेमध्येबाट एक जनालाई खेल सम्पन्न भएसँगै दैनिक रुपमा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । 

दैनिक उपहारमा चन्द्रागिरी केबरकारको टिकट, सिनेमाको टिकट, रिचार्ज कार्ड, विभिन्न रेस्टुरेन्टमा डिनरदेखि माउन्टेन फ्लाइटसम्म रहनेछ । जसमध्येबाट दैनिक विजेता बन्ने एक जनालाई रातोपाटीले माथि मध्ये एउटा अवसर प्रदान गर्नेछ ।

यस्तै बम्पर पुरस्कारमा एक जनालाई थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिनेछ ।    

थाइल्याण्ड भ्रमण गर्न पाउने भाग्यशालीको चयन जुलाई १५ मा हुने फाइनल खेलपछि घोषणा गरिनेछ ।  

रातोपाटीको यो विशेष योजनामा सहभागिता हुन चाहनेले रातोपाटीको आधिकारिक फेसबुक पेजमा राखिएको प्रश्नसम्बन्धी  लाइक र शेयर गर्नुपर्नेछ ।  

यस्तै रातोपाटीको अफिसियल पेज https://www.facebook.com/ratopati/ लाई पनि लाइक गर्नुपर्नेछ ।

प्रतियोगिता नेपालभित्र रहेका नेपाली नागरिकका लागि मात्र लागु हुनेछ  भने माथि उल्लेखित सबै शर्त पुरा नगरे सहभागि   विजेता बन्न अयोग्य हुनेछन् ।

योजनामा सहभागि हुन चाहनेले खेल शुरु हुनभन्दा १५ मिनेटसम्म अघि नै उत्तर पठाइसक्नु पर्नेछ ।  प्रत्येक दिन विजेता बन्नेको नाम रातोपाटीको आधिकारिक फेसबुकमार्फत घोषणासमेत गरिनेछ ।

प्रतियोगितासम्बन्धी नियम यस्ता छन्ः

खेलका नियमहरु
१. तपाईंले यो पोष्टलाई लाइक र सेयर गर्नुपर्नेछ । 
२. तपाईंले रातोपाटीको अफिसियल पेज https://www.facebook.com/ratopati/  लाई लाइक गर्नुपर्नेछ ।
३. यो नेपालभित्र रहेका नेपाली नागरिकका लागि मात्र लागु हुनेछ ।
४. माथि उल्लेखित सबै शर्त पुरा नगरे तपाईं विजेता बन्न अयोग्य हुनुहुनेछ ।
५. यस प्रतियोगिताबाट तपाईंले हरेक दिन विभिन्न आकर्षक पुरस्कार जित्न सक्नुहुनेछ ।
६. एकजना भन्दा बढी सही उत्तर मिलाउने भएमा घोषणा गोलाप्रथाबाट गरिनेछ ।
७. खेल शुरु हुनभन्दा १५ मिनेट अघिसम्मको उत्तरलाई मात्र समावेश गरिनेछ । 
८. ग्रान्ड प्राइजमा स् एक जनालाई थाइल्याण्ड ट्रिप जाने अवसर दिइनेछ । विश्वकप फुटबलको फाइनल खेलपछि विजेता घोषणा गरिनेछ ।
* कुनै विवाद भएमा आयोजकको निर्णय अन्तिम हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप