शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेतो बिरालोको भविष्यवाणीः आजको खेल रसियाले जित्छ (भिडियोसहित)

बिहीबार, ३१ जेठ २०७५, १७ : २७
बिहीबार, ३१ जेठ २०७५

एजेन्सी । यतिबेला रसियामा हुने विश्वकपमा सेतो बिरालो चर्चामा छ । जन्मदैँ बहिरो रहेको उक्त सेतो बिरालोले विश्वकप २०१८ को भविष्यवाणीलाई लिएर चर्चामा रहेको हो । 

विश्वकपको पहिलो खेलबारे अकिलिस नामको रुसी सेतो बिरालोले पहिलो दिनको खेलमा रसियाले जित्ने भविष्यवाणी गरेको हो । आयोजक देश रसियाले साउदी अरेबियालाई पराजित गर्ने मिडिया रिपोर्टमा उल्लेख छ । 

यसरी गरेको थियो भविष्यवाणी ?
भविष्यवाणीपूर्व बिरालोलाई दुईवटा प्लेटमा मनपर्ने खानेकुरा दिइएको थियो । एउटा प्लेटमा रसियाको झण्डासँगै खानेकुरा र अर्को प्लेटमा साउदी अरेबियाको झण्डासँगै खानेकुरा राखिएको थियो । 

टेबलमा राखिएको उक्त खानेकुरा अकिलिसले दुवै तर्फको प्लेट एकछिन हेरेर अन्त्यमा रुसी झण्डासँगैको प्लेटमा रहेको खानेकुरा खाएको थियो ।  

अकिलिस मानिससँगको सामिप्यका लागि जानिन्छ । उसको भविष्यवाणी क्षमतालाई तिखारेको देखिन्छ ।

विश्वकपको पहिलो खेल आज नेपाली समयअनुसार बेलुका राति ८ः४५ बाट सुरु हुँदैछ । उद्घाटन भने ८ः१५ बजे हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप