शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

श्रृष्टिलाई भेडेटार घुमाउने विनयको चाहना

बिहीबार, ३१ जेठ २०७५, १७ : २५
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको रोमान्स रहेको चलचित्र ‘रोमियो एण्ड मुना’ले अर्काे रोमान्टिक गीत ‘भेडेटार घुमौला’ सार्वजनिक गरेको छ ।  गीतमा चलचित्रका मुख्य कलाकार श्रृष्टि र विनयनै देखिएका छन् । कोसिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाले स्वर भरेका छन् । अभिनेता विनयले यसै गीतबाट गायनमा समेत डेब्यु गरेका छन् । गीतको शब्द दिनेश राउतले कोरेका हुन् । 

११ साउनमा प्रदर्शनमा आउने यो चलचित्र दिन प्रतिदिन चर्चामा रहन सफल छ । केही दिन अगाडी राक्षस अवतारको पोष्टर रिलिज गरेको चलचित्रले यस अगाडी फरक फरक तीन गीत समेत रिलिज गरिसकेको छ ।
पाँच गीत रहेको चलचित्रको अझै एक गीत सार्वजनिक गर्न बाँकी रहेको निर्र्माता प्रशन्न गोपालीले जानकारी दिए । उनले भने ‘चलचित्रमा कथाको डिमान्ड अनुसार गीत तयार गरिएको छ ।’ नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र रोमियो एण्ड मुनामा विनय र श्रृष्टिको अलवा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको समेत अभिनय छ । 

असारको पहिलो साता प्रोमो सार्वजनिक गर्ने तयारीमा रहेको  निर्माण युनिटममा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य निर्माताको रुपमा रहेका छन् । प्रदर्शन मिति नजिकिएसँगै निर्माण युनिटले प्रचार प्रसार पनि तिब्र बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप