शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण

बिहीबार, ३१ जेठ २०७५, १७ : १९
बिहीबार, ३१ जेठ २०७५

 काठमाडौं–कुमारी बैंकले कमलपोखरीस्थित  कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
 

आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त विषयगत पुस्तक तथा शैक्षिकसामग्री वितरण गरेको हो । 

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक बिकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले विद्यालयका प्रधानाध्यापक मन बहादुर खड्कालाई शैक्षिक सामग्री हस्तान्तरण गरे । 

 आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप