मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पुनर्निर्माणमा सुस्तता : तीन वर्षमा नौ विद्यालयमात्रै निर्माण सम्पन्न

बिहीबार, ३१ जेठ २०७५, १७ : १२
बिहीबार, ३१ जेठ २०७५

 भक्तपुर – भक्तपुरमा भुकम्पबाट प्रभावित विद्यालयहरुको पुनर्निमार्णले गति लिन सकेको छैन । वि.स २०७२ सालमा गएको भुकम्पबाट भक्तपुरमा ९७ वटा विद्यालय प्रभावित भएका थिए । 
जसमा पूर्णक्षति २, अधिकक्षति ६० र सामान्य क्षति ३५ विद्यालय रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)  कार्यालय भक्तपुरले जनाएको छ । 
तर, हालसम्म नौ वटा विद्यालय मात्र निर्माण सम्पन्न भएका छन् । आयोजना कार्यान्वयन इकाई (शिक्षा)  कार्यालय भक्तपुरका प्रमुख देबकुमार बरालका अनुसार
विद्यालय व्यवस्थानपन समितिसंग सम्झौता भएर तीन कोठे भवन निर्माण भएका तीन, विभिन्न गैरसरकारी संस्थाको सहयोगबाट तीन, युनिसेफको सहयोगमा तीन विद्यालयको निर्माण कार्य सकिएका छन् ।
भक्तपुरमा नेपाल सरकार, एशियाली विकाश बैंक, युएसआइडी र विभिन्न गैरसरकारी संस्थाहरुले विद्यालय निमार्णमा सहयोग गरिरहेका हुन् । 
आर्थिक वर्ष २०७४÷०७५मा दश विद्यायल निर्माणाधिन भएपनि बाकीं रहेको समयमा शतप्रतिशत पुरा हुने अवस्था नरहेको आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय भक्तपुरका प्रमुख बरालले बताए । 
जिल्लामा निर्माण व्यवसायी मार्फत निर्माणाधिन दुई विद्यालयहरुको प्रगतिसमेत सोचअनुसार हुन सकिरहेको छैन् । जसमा महेन्द्रग्राम माध्यमिक विद्यालय चाँगुनाराणय– ८ मा करिब ७५ प्रतिशत र कालिका माध्यमिक विद्यालय चाँगुनाराणय – ६ मा ९० प्रतिशत काम सकिएको छ ।
हाल निर्माणाधिन अवस्थामा रहेमा २४ विद्यालय छन् । जसमा नेपाल सरकारको तर्फबाट १०, विद्यालय व्यवस्थापन समितिले ८, गैरसरकारी संस्था ४ र निर्माण व्यवसायी मार्फत २ विद्यालय बन्ने क्रममा छन् । कार्य प्रगति  ५० प्रतिशत हाराहारीमात्र रहेको कार्यालयले जानकारी दिएको छ । 
भक्तपुर नगरपालिका दरबार क्षेत्रभित्र रहेका तीन विद्यालयमा नक्सापास हुन नसक्दा कार्य सुरु हुन सकिरहेको छैन् । जसमा पद्य मावि, विद्यार्थी निकेतन र शारदा मावि रहेको छ । शारदाले इन्जिनियरिङ सर्भे समेत गरेको छैन् । 
बरालले कतिपय विद्यालयहरुको जग्गाको क्षेत्रफल कम भएकाले पुनर्निर्माण प्राद्यिकरणले तोकेको मापदण्ड अनुसार बनाएको नक्सा नमिल्ने हुदँ पून अर्को नक्सा बनाउदाँ समय धेरै लागेको बताए ।
विद्यालय पुनर्निर्माको लागि चालू आर्थिक वर्षमा ७ करोड, २६ लाख ११ हजार बजेट रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षको बाकीँ यो वर्षका लागि भएको र काम भए २ करोड रुपैयाँसम्म थप हुनसक्ने बरालले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप