बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा वडा सदस्य सहित २ को मृत्यु

बिहीबार, ३१ जेठ २०७५, १७ : ०४
बिहीबार, ३१ जेठ २०७५

बागलुङ– बागलुङमा भएको विहीबार भएको जीप दुर्घटनामा वडासदस्यसहित २ जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाको अर्गलमा ग १ ज ६०३४ नम्बरको जीप दुर्घटना भएको हो ।  दुर्घटनाान ताराखोला गाउँपालिका ३ का २४  वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको मृत्यु भएको हो ।  
घिमिरे वडा सदस्य हुन् । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ताराखोला गाउँपालिका – ३ का जीप चालक डम्बरबहादुर घिमिरे र यात्रु कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप