शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार, ३१ करोडको कारोबार

बिहीबार, ३१ जेठ २०७५, १७ : ०१
बिहीबार, ३१ जेठ २०७५

काठमाडाै-साताको अन्तिम कारोबारको दिन (बिहिबार) सेयर बजारमा सुधार देखिएको छ । बजार ५.२३ अंकले बढ्दा ३१ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिमा समहु बाहेक अरु सबै समुहमा हरियाली छाएको छ । बिमा समुह भने ५.४७ अंकले घटेको हो । 
बजार बढ्दा उत्पादन तथा प्रशोधन समुहतर्फ ४८.८७ अकले बढेको छ भने जलविद्युत तर्फ २८.७१ अंकले बढेको छ । होटल समुहमा १९.४५ अंकको बढोत्तरी भएको छ । आज प्रभु बैंकको संस्थापक सेयर सबैभन्दा बढी खरिद बिक्रि भएको छ । यसको  १ करोड ९५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिद— बिक्रि भएको हो ।  मेगा बैंकको एक करोड ८६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । नेपाल स्टक एक्सचेन्जले चारवटा ब्रोकर कम्पनीलाई आन्तरिक रुपमा अनलाइन कारोबार प्रणालीको परिक्षण गर्न दिएपछि लगानीकर्ताहरु यसप्रति आशावादी देखिएका छन् । अनलाइन ट्रेडिङको चर्चाले आजको बजार बढ्न मदत पुगेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप