बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणप्रति काँग्रेसको स्वागत

बिहीबार, ३१ जेठ २०७५, १६ : ५९
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको स्वागत गरेको छ । काँग्रेस युवा नेता चन्द्र भण्डारीले चीन भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गरे त्यो नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हुने बताए ।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाललाई नाकाबन्दीबाट मुक्त गराउने गरी चीनको सहयोगमा रेल सेवा विस्तारका लागि सम्झौंता गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओली यही असार ५ गते चीन भ्रमणमा जाँदैछन् । नेता भण्डारीले चीनसँग लिपुलेकको विषयमा पनि कुरा गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । चीन र भारत दुवै मुलुकबाट रेल सेवा विस्तार गर्नु नेपालको हितमा हुने नेता भण्डारीको भनाई छ । काँग्रेस नेता भण्डारीले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुने विश्वास समेत व्यक्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप