शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, २ जनाको मृत्यु

बिहीबार, ३१ जेठ २०७५, १६ : ५१
बिहीबार, ३१ जेठ २०७५

एजेन्सी– भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ । 

सरकार अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ । 

जङ्गलमा भएको यस दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी र एक सैनिकको मृत्यु भएको कर्नेल राजेस कालियाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ । 

सो इलाकामा आतङ्ककारीहरुको खोजी कार्य जारी भइरहेको थियो । उक्त क्षेत्रमा विगत लामो समयदेखि उनीहरुले आतङ्क मच्चाइरहेका छन् । 

गत आइतबार पनि कुप्वाला जिल्लाको तल्लो इलाकामा भारतीय सेनाको कारबाहीमा परी कम्तीमा छ आतङ्ककारी मारिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप