बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंको १२ औं साधारण सभा सम्पन्न

बिहीबार, ३१ जेठ २०७५, १६ : ५०
बिहीबार, ३१ जेठ २०७५

    काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा विहीबार सम्पन्न भएको छ ।

साधारण सभाले आ.व. २०७३/०७४ को वार्षिक प्रतिवेदन पारित गरेको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा सम्पन्न सो साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो । 

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप