बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामसङ्गको नयाँ एयर प्युरिफायर बजारमा

बिहीबार, ३१ जेठ २०७५, १६ : ३९
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं–सामसङले  एएक्स३००० एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ । सामसङको एयर प्युरिफायरले शीघ्ररुपमा कोठाको हावालाई स्वच्छ बनाउने जनाइएको छ । 
 यसमा भएको पिएम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छ वातावरण सिर्जना गराउने कम्पनीले  दाबी गरेको छ । 
 
३२७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता यसमा रहेको बताउँदै कम्पनीले  यसमाभएको ट्रिपल प्रिमियम फिल्टरले  ९९ प्रतिशसम्म प्रदुषण रहित पार्न पनि जनाएको छ ।  यसमा आउट अद्वितीयफिल्टरहरु  जस्तैः प्रि फिल्टर, डियोडराइजेशन फिल्टर र फिएम २.५ फिल्टर रहको छ । 

विभिन्न कलरको साथ यसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा भएको डिस्प्लेले प्रदुषण घटेको जानकारी तुरुन्तै प्रदान गर्छ  यसको सेन्सरले पि.एम २.५ को तहलाई  न्यूमेरिक म्येजरमेन्टको माध्यमले प्रस्तुत गर्दछ । 


 यसको मूल्य रु. २२ हजार ४९० तय गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप